१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कपिलवस्तुमा पोखरीमा डुबेर एकको मृत्यु



कपिलवस्तु ।

कपिलवस्तु नगपालिका वडा नम्बर ७ स्थित धमौलीमा भैँसीलाई नुहाउने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

बिहीबार मध्यान्न भैँसीलाई नुहाउने क्रममा गाउँ नजिकै रहेको पोखरीमा डुबेर ४५ वर्षीय शिव प्रसाद खटिकको मृत्यु भएको हो।

पोखरीमा डुबेर बेपत्ता भए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पोखरीबाट शव निकालेर पोस्टमार्टम लागि कपिलवस्तु अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए।

प्रकाशित मिति : १० कार्तिक २०८१ शनिबार ००:००  ९ : ५७ बजे