मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा लागू औषध कारोबारी र प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्लाको कृष्णनगरबाट विशेष सुराकीको आधारमा ३ जनालाई पक्राउ गरिएको हो ।
मंगलबार कृष्णनगर बसपार्क क्षेत्रमा लागू औषधको कारोवार हुदैछ भन्ने विशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुको संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरीले सोही ठाँउ बस्ने वर्ष ३२ का लवकुश भुजलाई शंका लागी खानतलासी गर्दा उनको साथबाट १५१.२१० ग्राम लागू औषध जस्तो देखिने खैरो रंगको गिलो पदार्थ (ब्राउन सुगर) फेला परेको थियो ।
यस्तै सोही कोठामा रहेको दराजमा लुकाई राखेको लागु औषध तौल गर्न प्रयोग गर्ने तराजु ४ थान र मोवाईल २ थान समेत फेला परेको छ । उनिमाथि थप अनुसन्धान गर्दा लु ९६ प ५६६५ नम्बरको मोटरसाइकलमा खरिद गर्न आएका बुद्धभमि नगरपालिका २ बस्ने २८ वर्षिय महेश थारु र उनको साथबाट ९० हजार नगद तथा एक थान मोबाईल सेट बरामद गरिएको छ ।
यस्तै बाणगंगा नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षिय बिपुल थारु र उनको साथबाट एक थान मोबाईल सेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तिन जना माथि नै कपिलबस्तु जिल्ला अदालतबाट ७ दिन म्यादथप गरी अनुसन्धान कार्य भईरहेको छ ।
प्रतिक्रिया