२२ मंसिर २०८१, शनिबार | Sat Dec 7 2024

अर्घाखाँचीमा भारतीय कार दुर्घटना



बुटवल ।

अर्घाखाँचीमा आज साँझ भारतीय कार दुर्घटनामा भएको छ।

सन्धिखर्क नगरपालिका–११ ढुङ्गेदेउरालीस्थित भित्री सडक खण्डमा खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर५५एयू८७९३ नम्बरको भारतीय अनियन्त्रित भई बाटोबाट ८ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी चत्र बहादुर मल्लले गाडी पूर्णरुपमा क्षति भएको बताए । उनले एक जनाको उद्धार भएपनि अन्यको उद्धार गर्न समस्या भइरहेको बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८१ आइतबार ००:००  ८ : ३२ बजे