४ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

बाँकेमा झाडाबान्ताबाट एकजनाको मृत्यु



नेपालगन्ज ।

बाँकेको खजुरा गाउँपालिका वडा नं. ५ बसन्तपुरमा एकै घरका ६ जनालाई झाडाबान्ता हुँदा एक जनाको मृत्यु भएको छ।

गएराति ८ बजेतिर पुरी र तरकारी खाएका केशवराम अहिरका परिवार बिरामी परेका हुन्। झाडाबान्ताले ६५ वर्षीय केशवराम अहिरको मृत्यु भएको छ।

हिरको अटोरिक्सामा राखेर स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको खजुरा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सुशील थापाले जानकारी दिए।

थापाका अनुसार ५५ वर्षीया चौरासिया यादव, २६ वर्षीय भुवन्तु यादव, ३५ वर्षीया जिना यादव, १४ वर्षीय जसमन यादव र ६ वर्षीय अमृत यादव बिरामी परेका छन्। बिरामी सबैलाई नेपालगन्जस्थित भेरी अस्पताल ल्याइएको छ।

अहिले उनीहरुको भेरी अस्पतालको आपतकालीन कक्षमा उपचार भइरहेको छ। १४ वर्षीय जसमनको अवस्था गम्भीर रहेको छ। घटनाबारेमा बुझ्न स्वास्थ्य कार्यालय, बाँकेको टोली घटनास्थल गएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८१ सोमबार ००:००  ४ : २५ बजे