३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

यस्तो छ आजको मौसम



काठमाडौं ।

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले महाशाखाले बताएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८१ बिहिबार ००:००  ७ : २९ बजे