६ असार २०८३, शनिबार | Sat Jun 20 2026

दार्चुला दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या ८ पुग्यो



दार्चुला ।

दार्चुलामा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । अन्य ५ जना गम्भीर घाइते भएका छन् ।

दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार जिप दुर्घटनामा मृत्यु हुनेमा शैल्यशिखर–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा, वीरेन्द्र बोहरा, शैल्यशिखर नगरपालिका–९ नकतडकी ४० वर्षीय मिना लेखक तथा भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिम छन् । मृतक ८ मध्ये एक जनाको सनाखत हुन बाँकी रहेको छ ।

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८१ शुक्रबार ००:००  १० : १६ बजे