८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

आज मंगल चौथी, भगवान् गणेशको आराधना गर्ने दिन



काठमाडौं ।

चतुर्थी तिथिमा मंगलबार परेको दिनलाई मंगल चौथी भनिन्छ। यो दिन पनि भगवान् गणेशको आराधना गर्ने परम्परा छ।

चौथीकै दिन गणेशजीको जन्म भएको पुराणमा उल्लेख छ। यस्तै मंगलबारका स्वामी पनि गणेश नै मानिएका छन्। त्यसैले पनि तिथि र बारको संयोग भएको यो दिन उनको आराधनाका लागि उपयुक्त मानिन्छ।

रक्तचन्दन, सिन्दुर, फूल, अक्षता, दुवो, जनै, फल-नैवेद्य आादि अर्पण गरेर उनको पूजा गरिन्छ। यो दिन विशेषगरी २१ दुवो र २१ लड्डु चढाएर भगवान् गणेशको पूजा गरिन्छ। ‘ॐ गणपतये नमस्’ यो वचन प्रयोग गरी उनलाई पूजासामग्री चढाउने विधि उल्लेख छ।

शिव र पार्वतीका पुत्र गणेश बिघ्नहर्ता र सबै कार्यमा सिद्धि प्रदान गर्ने देवता हुन्। विद्या-बुद्धि सन्तानप्राप्तिको कामना गर्दै उनको आराधना गरिन्छ।

मंगल चौथीका अवसरमा विनायक मन्दिरमा श्रद्धालुको घुइँचो लाग्छ। काठमाडौं उपत्यकामा चार विनायक (सूर्य-चन्द्र-मरु-जल) का साथै कार्यविनायक र कमलविनायकलगायत मन्दिर यो दिनका गन्तव्य हुन्।

प्रकाशित मिति : ४ मंसिर २०८१ मंगलबार ००:००  ७ : १४ बजे