१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

कपिलवस्तुमा दुई जना फरार प्रतिवादी पक्राउ



कपिलवस्तु ।
कपिलवस्तुमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले लागुऔषध मुद्दा र ठगी मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो।

शिवराज नगरपालिका-९ रमुबादह बस्ने रनबहादुर बुढा मगर र यशोधरा गाउँपालिका बस्ने परमपति कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो।

रन बहादुर बुढा मगरलाई लागु औषध मुद्दामा २०८० पुस २५ गते कपिलवस्तु जिल्ला अदालतले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

त्यसयता फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनी कारागार चलान भइसकेका छन्।

अर्का प्रतिवादी परमपति कुर्मीलाई ठगी मुद्दामा २०८० चैत २६ गते जिल्ला अदालतले ६ महिना कैद र ५ हजार जरिवाना तोकेको थियो। उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी अदालतमा पेश गरेको हो। उनी पनि कारागार चलान भएका छन्।

प्रकाशित मिति : ५ मंसिर २०८१ बुधबार ००:००  १२ : ५२ बजे