६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मंसिर २८ लाई तोकियो पत्रकार महासंघको निर्वाचन, यस्तो छ तालिका



काठमाडौं ।
नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

केन्द्रीय समितिको निर्वाचन कार्यतालिका अनुसार मंसिर २१ गते शुक्रबार उम्मेदवार मनोनयन दर्ता हुनेछ। मंसिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ भने मतदान मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने तालिका छ।

प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध गरिएको छ।

पत्रकार महासंघको निर्वाचन मिति पटक पटक तोकिए पनि हुन सकेको छैन। सदस्यता विवादका कारण निर्वाचन हुन नसकेको हो। निर्वाचन गराउन नसकेर अध्यक्ष विपुल पोखरेल र उपाध्यक्ष रमेश विष्टले राजीनामा दिइसकेका छन्।

प्रकाशित मिति : १८ मंसिर २०८१ मंगलबार ००:००  १ : १४ बजे