६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

नेपाल प्रेस युनियनद्वारा १२ सदस्यलाई निष्कासन



काठमाडौं ।
नेपाल प्रेस युनियनले आफ्ना १२ जना सदस्यलाई संगठनको आचार संहिताविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको छ। प्रेस युनियनको विधान २०४९, छैटौं संशोधन २०७९ को धारा ३४ तथा केन्द्रीय सचिवालयको निर्णय अनुसार कार्वाही गरिएको जनाएकाे हो । केन्द्रिय अनुशासन समितिका संयोजक एवं युनियनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष प्रेम केसीद्धारा जारी विज्ञप्तीमा संस्थागत निर्णय अनुसार महासंघको निर्वाचनमा संगठनको निर्णयविपरीत उम्मेदवारी दिएका सदस्यहरूमाथि कारबाही गरिएको हो, उल्लेख छ।

प्रेस युनियनले आज जारी गरेको प्रेस विज्ञप्ती मार्फत महासंघको संयुक्त प्यानल प्रेस चौतारी नेपाल तथा नेपाल प्रेस युनियनका संयुक्त प्यानलका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न र संगठनको निर्णयको पालना गर्न निर्देशन दिएको छ । तर, निर्देशनविपरीत उम्मेदवारी दर्ता गरेका सदस्यलाई संगठनले कारबाहीस्वरूप निष्कासन गरेको हाे।
अनुशासन उल्लघंन गरी उम्मेदवारी दर्ता गरेका नेपाल प्रेस युनियनका सदस्यलाई आजकै मितिदेखि लागु हुने गरी साधारण सदस्य समेतबाट ४ वर्षका लागि प्रेस युनियनबाट निष्कासन गरेको जनाएको छ ।

निष्कासित सदस्यहरूको सूची ः
१। रमेश विट्ट, काठमाडौं
२। विकास कार्की, काठमाडौं
३। श्रीजन झा, काठमाडौं
४। माधव दुलाल, काभ्रेपलाञ्चोक
५। अमृत बास्तोला, तेरथुम
६। यदुनाथ बञ्जरा, कास्की
७। मिन बम, डोटी
८। राम धामी, डडेलधुरा
९। राजु खराल, कपिलवस्तु
१०। मीनराज गौतम, मकवानपुर
११। नारायण खड्का, सुर्खेत
१२) धु्रब रावल , नुवाकोट

प्रकाशित मिति : २६ मंसिर २०८१ बुधबार ००:००  १० : १४ बजे