१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा स्वास्थ्यकर्मीको मृत्यु



कपिलवस्तु ।

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १० मझौवामा स्थित भित्रि सडकमा मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तु जिल्लाको शुद्धोधन गाउपालिका वडा नम्बर ४ बस्ने ३२ बर्षीय अक्रम हुसेनको मृत्यु भएको हो । पिपराबाट पकडी जाने क्रममा सवार हुसेन सवार मोटरसाइकल कुकुरसंग ठोक्किएको थियो ।

उनलाइ थप उपचारका लागि बुटवल लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हुसेन शुद्धोधन गाउपालिका वडा नः १ मा रहेको पतरीया स्वास्थ्य चौकीमा कार्यरत थिए ।

प्रकाशित मिति : ११ पुस २०८१ बिहिबार ००:००  ७ : ४५ बजे