३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, यस्तो छ आजको मौसम



काठमाडौँ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ भने पहाड र तराईका भू(भाग सामान्यतया सफा रहने छन्। राति भने कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही केही स्थानमा हिउँ पर्ने, पहाड र तराईमा सामान्यतया सफा रहने छ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १५ पुस २०८१ सोमबार ००:००  ८ : ०७ बजे