६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

माओवादीको बैठकमा आजदेखि प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल



काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु हुँदैछ।

धुम्बाराहीस्थित एक ब्याङक्वेटमा जारी बैठकको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम शुरु हुने नेता हितबहादुर तामाङले जानकारी दिए।

बैठक बिहान ११ बजे शुरु हुनेछ । पहिलो दिनको बैठकको शुुरुमा ७ भूगोल ३ गैर भूगोल गरी ११ प्रदेशका अध्यक्षले रिपोर्टिङ गरेका थिए । त्यसपछि अध्यक्ष प्रचण्डले समसमायिक राजनीति, पार्टी संगठन सुदृढीकरण, भावी रणनीतिलगायत विषय समिटिएको ३० पृष्टको प्रतिवेदन पेश गरेका थिए।

माओवादी केन्द्रको बैठक २४ गते बुधबार सक्ने तयारी छ ।

प्रकाशित मिति : २२ पुस २०८१ सोमबार ००:००  ९ : १० बजे