५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

तिब्बत भूकम्प अपडेटः मृतकको संख्या ५३ पुग्यो



तिब्बत ।

तिब्बतको सिगात्से सहरमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

भूकम्पमा ६२ जना घाइते भएको सिन्ह्वाले लेखेको छ। भूकम्पका कारण त्यहाँ ठूलो क्षति हुन सक्ने आशंका गरिएको छ।

क्षतिको विवरण संकलन जारी छ। उक्त भूकम्पको धक्का नेपालको राजधानी काठमाडौँसहित उत्तर भारतमा समेत महसुस गरिएको थियो।

प्रकाशित मिति : २३ पुस २०८१ मंगलबार ००:००  ११ : ४९ बजे