५ माघ २०८२, सोमबार | Tue Jan 20 2026

कोशी र कर्णालीको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै



काठमाडौं ।

कोशी र कर्णाली प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ।

कोशी प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन आजदेखि सुरु हुन लागेको हो। गत असोज ४ गते पाँचौं अधिवेशन अन्त्य भएकोमा चार महिनापछि हिउँदे अधिवेशन आज दिउँसो २ बजेलाई आह्वान गरिएको छ। अधिवेशनको पहिलो दिन आज प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धि पत्र बाचन गर्ने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

यस्तै केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश गर्ने र मुख्य न्यायाधीवक्ताको काम कर्तव्य अधिकार र सेवाको शर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबल हुनेछ। यस्तै सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पनि पेश हुने प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेको सूचनामा उल्लेख छ।

यसैबीच, कर्णाली प्रदेशको हिउँदे अधिवेसनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ। अधिवेशनको पहिलो दिन भएकोले आज अधिवेशन आह्वान सम्बन्धि पत्र बाचन गर्ने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले मन्तव्य राख्ने कार्यसूची मात्रै रहेको प्रदेशसभा सचिवालयका उपसचिव अर्जुन भुसालले जानकारी दिनुभयो।

प्रकाशित मिति : ७ माघ २०८१ सोमबार ००:००  ८ : ३४ बजे