अर्घाखाँची ।
लुम्बिनी प्रदेश सरकारले १५ लाख ७ हजार ६ सय ६३ जनामा शुद्ध खानेपानीको पहुँच पुगेको दाबी गरेको छ । प्रदेश सरकारले २ लाख ३७ हजार ३ सय ४८ वटा धारा वितरण भएका पनि जनाएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धाराको अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको दाबी गर्नुभयो । अर्घाखाँचीको शीतगंगा नगरपालिका–८ भालुवाङमा भएको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अघि बढाएको अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताउनुभएको हो ।
लुम्बिनी प्रदेशमा साना तथा ठूला गरेर तीन हजार एक सय ७० खानेपानी आयोजना सञ्चालनमा छन् । यी आयोजनामा १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बजेट रहेको छ ।
प्रतिक्रिया