२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

तराईमा हुस्सु र कुहिरो, पहाडी भूभागमा बदली



काठमाडौं ।

तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभागमा अहिले बदली छ। बाँकी भागमा मौसम सफा छ।

दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य मात्रै प्रभाव छ ।

प्रकाशित मिति : १८ माघ २०८१ शुक्रबार ००:००  ७ : ५७ बजे