गुल्मी ।
गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
कालीगण्डकी गाउँपालिका २ अर्वेनीको बिसौनास्थित कच्ची सडकमा शनिबार लु ३ त ५११२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक ५५ वर्षीय देवबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
दुर्घटनामा घाइते भएका बिकको स्याङ्जा गल्याङमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया