काठमाडौं ।
नवलपरासीको सुनवल नगरपालिका १२ भुमहीस्थित जय कालिका ट्रेडिङ सप्लायर्समा आगलागी भएको छ ।
गएराति करिब साढे १ बजेतिर लागेको आगो आज बिहान ३ बजेर २० मिनेटमा नियन्त्रणमा लिइएको थियो ।
लेखनाथ खरेलले सञ्चालन गरेको सप्लायर्समा गाडीका टायर, मोबिल, ब्याट्री लगायतका सामान थिए । ती जलेर नष्ट भएको प्रहरीले जनाएको छ । तर क्षतिको विवरण आउन बाँकी छ ।
आगलागीको कारण पनि खुलेको छैन ।
‘मुचुल्का उठाउने क्रम जारी छ, क्षतिको विवरण खुल्न बाँकी छ’ जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता डीएसपी रेशम बोहराले भने ।
दमकलको सहयोगमा सशस्त्र, नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए ।
प्रतिक्रिया