१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025

लुम्बिनीका मन्त्रीको रवैयाः गाडीलाई साइड नदिएको भन्दै कारवाही



कपिलवस्तु ।
मन्त्रीको गाडीलाई साइड नदिएको भन्दै ३ वटा ट्रकलाई कारवाही गरिएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको लु१झ ७३८ नम्बरको सवारीलाई साइड नदिएको झोँकमा ३ वटा ट्रक कारवाहीमा परेका हुन् ।

हुलाकी राजमार्गअन्तर्गत कपिलवस्तु नगरपालिका सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ तीब्र गतिमा जाँदै गरेको मन्त्री कार्कीको गाडीलाई साइड नदिएको भन्दै प्र१०२००१ख ८४७३, ३३५१ र ९२०७ नम्बरको गाडीलाई ५ सयको दरले कारवाही गरिएको छ । मन्त्री कार्कीका पिएसओ हवल्दार कृष्णबहादुर खत्रीले मालवाहक ट्रक रोकेर ट्राफिकलाई जर्बजस्ती कारवाही गर्न निर्देशन दिएका थिए ।

‘पछाडि को आएको छ कसरी हेर्ने रु साइड मिररबाट मन्त्री चिन्न सकिन्न,पेल्ने हामी गरिखानेलाई त हो, कानून हाम्रैलागि बनेको रैछ’ उनले गुनासो गर्दै भने ।

मैदा लिएर नेपालगन्जबाट विराटनगर जाँदै गरेका ट्रक चालकहरुले भने आफुहरुलाई सत्ताको दम्भ देखाएर कारवाही गरिएको आरोप लगाएका छन् । ‘हामी सामान्य गतिमा थियौँ, एक्कासी गाडीले ओभरटेक गरेर अगाडि तेर्स्यायो र ट्राफिक बोलाएर जबर्जस्ती जरिवाना तिरायो’ चालक दिलबहादुर कटुवालले भने । ‘ पछाडि को आएको छ कसरी हेर्ने रु साइड मिररबाट मन्त्री चिन्न सकिन्न,पेल्ने हामी गरिखानेलाई त हो, कानून हाम्रैलागि बनेको रैछ’ उनले गुनासो गर्दै भने । मन्त्रीले गाडी भित्रैबाट थुन्न आदेश दिएको तर प्रहरीले भने सामान्य कारवाही मात्रै गरेर छाडेको समेत चालकहरुले दुखेसो पोखे ।

आज मंगलबार बिहान ९ बजे भालुवाङबाट भैरहवामा आयोजित जनस्वास्थ्यको कार्यक्रमका लागि हिंडेका मन्त्री कार्कीको गाडी आफैमा निकै तीब्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका थिए । सो सम्बन्धमा मन्त्रीका पिएसओ प्रहरी हवल्दार खत्रीले भने ट्रक चालकहरुले बाटो छेकेर भिडियो बनाइरहेको र आफूहरुले हर्न बजाउँदासमेत सडक जाम गरेका कारण कारवाही सिफारिश गरेको दाबी गरेका छन् । -जनआस्थाबाट

प्रकाशित मिति : २२ माघ २०८१ मंगलबार ००:००  २ : ०१ बजे