७ फाल्गुन २०८१, बुधबार | Thu Feb 20 2025

यी ५ प्रदेशमा हिमपातको सम्भावना, २ प्रदेशको मौसम सफा



काठमाडौं ।

आज देशका पहाडी भू-भागमा मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको हो ।

आज रातिसम्म मधेश र लुम्बिनी प्रदेशबाहेकका पाँच प्रदेशको मौसम आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै ठाउँमा र कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशमा पनि मौसम बदली हुने महाशाखाले जनाएको छ । तर, हिमपात र वर्षाको भने सम्भावना भने नभएको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

मधेश प्रदेशका केही स्थानहरू र केही उपत्यकाहरुमा भने हुस्सु/कुहिरो लागेको छ ।

प्रकाशित मिति : २३ माघ २०८१ बुधबार ००:००  ८ : १६ बजे