५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025

बाणगंगाले बसाल्यो सर्वदलीय बैठक



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले सर्वदलीय बैठक बसालेको छ । राष्ट्रिय गौरवको आयोजनाले नदीजन्य पदार्थ निकासीका लागि माग गरेकाले बाणगंगाले राजनीतिक दलको राय लिनका लागि सर्वदलीय बैठक बसालेको हो ।

पूर्व-पश्चिम (महेन्द्र राजमार्ग)को स्तरउन्नतिका लागि बुटवलदेखि गोरुसिंगेसम्म काम सुचारु भएको छ । राजमार्ग निर्माणका लागि चाहिने नदीजन्य पदार्थका लागि आयोजनाले बाणगंगा नगरपालिकामा माग गरेको छ ।

राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि नदीजन्य पदार्थ दिनुपर्ने भएको कारण कुन खोलाबाट के कति नदीजन्य पदार्थ आयोजनालाई दिन सकिन्छ भनेर नगरले सर्वदलीय बैठक बसालेको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले मायादेवीसँग बताए ।

सर्वदलीय बैठकले राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि नदीजन्य पदार्थ दिनुपर्नेमा राय पेश गरेको पौडेलले जानकारी दिए ।

सबै पक्षको छलफल पश्चात बुधबार बस्ने कार्यपालिका बैठकले यस विषयमा निर्णय लिने जनाइएको छ ।

बाणगंगाले बर्षेनी खोलाहरुमा नदीजन्य पदार्थ निकासीको लागि ठेक्का लगाउँदै आएको छ । यस बर्षपनि बाणगंगाले बाणगंगा खोला, कोइली, धिरी लगायतका खोलामा ठेक्का लगाउँदै छ ।

प्रकाशित मिति : २३ माघ २०८१ बुधबार ००:००  २ : ०९ बजे