२ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025

कृषि बालीमा धेरै विषादीको प्रयोग नगर्न कृषिमन्त्री अधिकारीको आग्रह



नवलपरासी ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न किसानलाई आग्रह गर्नुभएको छ ।

आज बिहान नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को कावासोती –१५ गोडारमा सामूहिक प्याजखेतीको अवलोकन गर्दै कृषि मन्त्री अधिकारीले धेरै विषादी प्रयोग गर्दा आफू र उपभोक्ता पनि रोगको जोखिममा पर्ने बताउनुभयो ।

आफैँले प्रयोग गरेको विषादीबाट आफैँ रोगी हुनुबाट जोगिन उहाँको आग्रह छ । धेरै आम्दानी, एकै पटक आम्दानी र छिट्टै कमाउने लोभमा आवश्यकताभन्दा धेरै विषादी प्रयोग गर्दा समस्या आएको मन्त्री अधिकारीले बताउनुभयो ।

विषादी नियन्त्रणका लागि कृषि मन्त्रालयले अभियान नै सञ्चालन गर्न लागेको पनि उहाँले बताउनुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि यसवर्ष नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा २५ वटा समूह व्यावसायिक प्याजखेतीमा जुटेका छन् ।

परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा २० बिघा जमिनमा प्याजखेती गरिएको छ । रासस

प्रकाशित मिति : २६ माघ २०८१ शनिबार ००:००  १ : ५१ बजे