४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

वाणगंगा मेयर कप फुटबलः वडा नं.१ र २ सेमिफाईनलमा



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा जारी छैठौं मेयर कप फुटबल प्रतियोगितामा सेमिफाइनल खेल्ने टोलीको टुंगो लागेको छ ।
वडा नं.१ र २ सेमिफाईनलमा प्रवेश गरेका हुन् । बुधबार बुद्धरंगशालामा भएको पहिलो खेलमा वडा नं.८ लाई ३–० गोलले पराजित गर्दै वडा नं.२ सेमिफाईनलमा पुगेको हो ।

वडा नं.२ को जितमा गोविन्द पालुङ्गेले दुई गोल गरेका हुन् भने अशोक रायमाझीले एक गोल गरे । दुई गोल गरेका गोविन्द नै ‘म्यान अफ दि म्याच’ घोषित भए । अब वडा नं.२ विहिबार दिउँसो ३ बजे हुने सेमिफाईनल खेलमा वडा नं.१० संग भिड्ने छ ।

यस्तै बुधबार नै भएको दोस्रो खेलमा वडा नं.६ लाई टाईबे्रकरमा ४–२ गोलले पराजित गर्दै वडा नं.१ सेमिफाईनलमा पुगेको छ । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको नतिजा टाईबे्रकरबाट टुङ्गो लागेको हो ।

यस खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका वडा नं.६ का सुवास विक ‘म्यान अफ दि म्याच’ घोषित भए । अब वडा नं.१ ले विहिबार दिउँसो १२ बजे हुने सेमिफाईनल खेलमा वडा नं.९ को सामना गर्ने छ । प्रतियोगिताको फाईनल खेल यही फाल्गुण ३ गते हुने जनाईएको छ ।

आईतबारदेखि सुरु भएको छैठौं मेयर कप फुटवल प्रतियोगितामा हालसम्म वडा नं.३, ४, ५,६, ७, ८, ११ बाहिरिएका छन् ।

प्रकाशित मिति : ३० माघ २०८१ बुधबार ००:००  ७ : ३९ बजे