कपिलवस्तु ।
काठमाडौंमा सम्पन्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा नारायण खनाल खुल्ला सदस्यमा निर्वाचित भएका छन् ।
कपिलवस्तुका खनाल उत्कृष्ट मतसहित केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
खनालसँगै केन्द्रीय सदस्य खुल्ला तर्फ ६ पदका लागि १२ जना उमेद्धार चुनावी मैदानमा थिए ।
खनाल उत्कृष्ट ३ सय १० मतसहित विजयी हुनुभएको हो । खनालसँगै केन्द्रिय समिति सदस्यमा खुल्ला तर्फबाट रोशन पोख्रेल (गोरखा), फणिन्द्र देवकोटा लगाएत रहेका छन् ।
खनालले आफू पार्टीको केन्द्रीय समिति सदस्यमा निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत आफूलाई निर्वाचित गराउन प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्ने सबै अभियान्तहरुलाई धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ ।
नेसपा (नयाँ शक्ति) को पार्टी अध्यक्षमा डा. बाबुराम भट्टराई ७ सय ६१ मत सहित निर्वाचित भएका छन् ।
अध्यक्ष पदका प्रतिस्पर्धी नेत्र चापागाईंले ७३ मत प्राप्त गरेका थिए ।







प्रतिक्रिया