२ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025

हिमपात देखि केहि ठाँउमा हल्का वर्षा, यस्तो छ आजको मौसम



काठमाण्डौ ।

आज पाँच वटा प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेपनि बाँकी ठाउँको मौसम मुख्यतया सफा रहेको छ ।

मौसमविद् गोविन्द झाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । आज पनि तराईका केही ठाउँमा हुस्सुरकुहिरो रहेको छ ।

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ । आज काठमाण्डौको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने अनुमान छ ।

यसपाली छिटपुटबाहेक हिउँदे वर्षा र हिमपात हुन सकेको छैन । हिउँदे वर्षा र हिमपात नहुँदा हिउँदे कृषि उपजसहित वातावरणमा गम्भीर प्रभाव पर्ने देखिएको छ ।

नार्कको राष्ट्रिय कृषि वातावरण तथा अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिनमार्फत सरदरभन्दा कम वर्षा र तापक्रम बढी रहेको भन्दै सबै किसिमका बाली, फलफूल र तरकारीको अनुगमन गरी सिँचाइको व्यवस्थापन गर्न तथा चिस्यान संरक्षणका आवश्यक उपायहरु अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१ शनिबार ००:००  ९ : २५ बजे