७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

कुम्भ जाँदै र आउँदै गरेका गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु, १९ घाइते



काठमाडौँ ।

भारत, उत्तर प्रदेशको प्रयागराजमा शुक्रबार राति करिब २ बजे ठूलो दुर्घटना भएको छ। मनु के पुरा गाउँको अगाडि छत्तीसगढबाट महाकुम्भ तर्फ जाँदै गरेका भक्तजनहरू बोकेको बोलेरोले नियन्त्रण गुमाएर अगाडिबाट आउँदै गरेको बससँग ठोक्कियो।

को मेजा प्रहरी चौकी क्षेत्र अन्तर्गत मिर्जापुर प्रयागराज मुख्य सडकमा भएको दुर्घटनामा बोलेरो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बोलेरोमा यात्रा गरिरहेका १० जना श्रद्धालुको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। घटनामा १९ जना घाइते भएका छन्।

बोलेरोमा यात्रा गरिरहेका सबै श्रद्धालु, भारत, छत्तीसगढको कोरबा जिल्लाका बासिन्दा थिए। उनीहरू संगम स्नानको लागि मेला क्षेत्रमा आउँदै थिए। अर्कोतर्फ बसमा यात्रा गरिरहेका १९ जना श्रद्धालु, संगममा स्नान गरेर वाराणसी जाँदै थिए। उनीहरू सबैलाई रामनगरको सीएचसीमा भर्ना गरिएको छ। यी श्रद्धालुहरू भारतको अर्को राज्य मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन्।

घटनाको जानकारी पाएपछि प्रहरीले बोलेरो भित्र फसेका शवहरू बाहिर निकाल्न जेसीबी बोलाएर पोस्टमार्टमको लागि पठाएको छ। बोलेरो चालक निदाएको कारणले यो दुर्घटना भएको जनाइएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१ शनिबार ००:००  ९ : ४१ बजे