२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अर्थमन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै



पोखरा ।

पोखरा भ्रमण वर्ष २०२५ को शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा बेलुन पड्किएर घाइते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई काठमाडौँ लगिएको छ।

छुट्टाछुट्टै हेलिकोप्टरमार्फत दुवैलाई थप उपचारका लागि काठमाडौँ लगिएको हो। दुवै जनाको कीर्तिपुरको बर्न अस्पतालमा उपचार सुरु भएको छ।

दुवैको जनाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ। अर्थमन्त्री पौडेलको अनुहार र हातमा चोट छ। मेयर आचार्यको देब्रे पट्टीको गाला र हातमा चोट लागेको हो।

शनिबार दिउँसो भ्रमण वर्षको शुभारम्भ गर्नलाई हाइड्रोजन ग्यास भरिएका बेलुन फायर क्यान्डलबाट निस्किएका झिल्काले भेटेपछि दुर्घटना भएको थियो।

दुर्घटनालगत्तै सुरुमा मेयर आचार्यको फिस्टेल हस्पिटलमा र अर्थमन्त्री पौडेलको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको थियो। लगत्तै थप उपचारार्थ काठमाडौँ पुर्‍याइएको हो।

प्रकाशित मिति : ३ फाल्गुन २०८१ शनिबार ००:००  ५ : २९ बजे