काठमाण्डाै ।
गुल्मीमा विद्यालय जाँदै गरेकी एक बालिकाको माथिबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको छ ।
इस्मा गाउँपालिका वडा नम्बर–२ छल्दीटारकी ८ वर्षीया बालिका विष्णु कुमालको ज्यान गएको गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
बाटो विस्तारका लागि डोजरले डाँडा खनिरहेको समयमा ढुङ्गा सडकमा खसेको र घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया