४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

ट्रम्पको घोषणापछि तीन सातामा २३ जनालाई नेपाल ल्याएर छाडियो



काठमाडौँ ।

अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता २३ जना नेपाली निष्कासन ९डिपोर्ट० मा परेका छन् । कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने क्रममा ४ महिला र १९ पुरुषलाई काठमाडौं ल्याएर अध्यागमनको जिम्मा लगाइएको छ ।

अमेरिकी प्रशासनले निष्कासनमा पर्नेको सूची वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासलाई बुझाएको थियो । त्यसपछि नेपाली दूतावासबाट ‘ट्राभल डकुमेन्ट’ बनाएर उनीहरूलाई नेपाल फिर्ता गरिएको हो । डिपोर्टमा परेका सबै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनको जिम्मा लगाइएको छ ।

विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले गत जनवरी २२ यता २३ जना नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भएर आएको पुष्टि गर । त्यसमध्येका पछिल्लोपटक सोमबार एक जना काठमाडौं आइपुगेका छन् । डिपोर्ट भई आएकालाई अध्यागमनले कागजात गराएर छाड्ने गरेको छ । त्यसरी छाडिएका व्यक्तिलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पनि सोधपुछ गर्दै आएको छ ।

ट्रम्प प्रशासनले अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ ९आईसीई० मार्फत नेपालसहित कागजातविहीन आप्रवासीलाई पक्राउ गरी निष्कासनको अभियान नै चलाएको छ । अमेरिकाबाट डिपोर्टमा परी २२ र २४ जनवरीमा १र१ जना विमानस्थल आइपुगेका थिए । ५ दिनपछि जनवरी २९ मा थप १ जना आइपुगेका थिए । जनवरी ३० मा २ जना, ३१ मा थप १ जना फिर्ता भएका थिए । फेब्रुअरी १ मा ३ जना, फेब्रुअरी ५ मा थप ३ जना, फेब्रुअरी ६ मा २ जना, फेब्रुअरी ८ मा ६ जना, फेब्रुअरी १६ मा २ जना र सोमबार (फेब्रुअरी १७) मा १ जना नेपाल फिर्ता भएका हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१ मंगलबार ००:००  ९ : ०० बजे