वाणगंगा।
सैनामैना सेवा समाज यूएईले सैनामैना नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा ३ लाख बराबरको अक्षयकोष स्थापना गरेको छ ।
समाजले, शिक्षाको पहुँचमा सबै बालबालिकाको सुनिश्चितता सहित गुणस्तरीय शिक्षा पाउन् भन्ने उद्देश्यले नगरभित्रका साबिक दुधराक्ष, पर्रोहा र सालझन्डि गरि ३ वटा बिधालयमा जनही १ लाखका दरले ३ लाख बराबरको अक्षयकोष स्थापना गरेको हो ।
मंगलबार सालझन्डि १० पानबारी स्थित कंचन आधारभुत बिधालयमा १ लाखको अक्षयकोष स्थापना गरिएको हो । यसअघि सैनामैना ३ स्थित जनज्योति आधारभुत बिधालय र सैनामैना ५ स्थित मलमला माध्यामिक बिधालयमा १।१ लाखको अक्षयकोष स्थापना गरिएको थियो ।
कोष हस्तान्तरण कार्यक्रम समाजका बरिष्ठ उपाध्यक्ष केशव भट्टराईको अध्यक्षता, सैनामैना नगरपालिका नगर प्रमुख फडिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता एबं नगर उप प्रमुख बिना रानाको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
सो अवसरमा, बोल्दै प्रमुख अतिथि शर्माले शिक्षा क्षेत्रमा समाजले गरेको योगदान सहरानिय भएको बताउनुभयो ।
शिक्षाको पहुँचमा सबै बालबालिकाको सुनिश्चितता कायम हुनुपर्ने बताउदै, सैनामैना समाजले यो अभियानलाई सार्थक बनाउन सहयोग गरेको उल्लेख गर्नुभयो ।
उहाले बिदेशमा रहेर पनि आफ्नो ठाउँ समाजको बिकाशमा लाग्न समाजलाइ सुभकामना व्यक्त गर्नुभयो ।
उप प्रमुख रानाले सैनामैना समाज युएई देशमा कृयाशिल संस्था रहेको बताउदै समाजले शिक्षा संगै अन्य सामाजिक कामहरू गरेको भन्दै प्रशंसा गर्नुभयो ।
सो अबशरमा बोल्दै संस्थाका बरिस्ठ उपाध्यक्ष केशव भट्टराइले सैनामैना समाजले युएईमा रहनुभएका सबै सैनामैना बासिहरूको साथ र सहयोगले सामाजिक काम गर्दै आएको बताउनुभयो । उहाले समाजले सैनामैना नगर बिकाशमा साथ दिदै बिभिन्न सामाजिक काम गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा बिधालय व्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण श्रीस, नेपाल रेडक्रस सोसाइटि लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनि, सामाजिक अभियान्ता डोलराज भण्डारी लगायतले सुभकामना दिएका थिए ।
सोहि अवसरमा संस्थाका बरिस्ठ उपाध्यक्ष केशव भट्टराई कि ममतामयी माता राधिकादेबि भट्टराईले करिब ५८ जना विद्यार्थीलाई कापि कलम लगायतका शैक्षिक सामाग्री प्रदान गर्नुभयो ।

कार्यक्रम संस्थाका संरक्षक मोहनबिर बमरेलको स्वागत एबं महासचिव सुरेन्द्र परियारको संचालनमा सम्पन्न भएको हो । सो कार्यक्रममा,संस्थाको नेपाल बिभाग उप प्रमुख मंजु थापा लगायत पदाधिकारीहरूको सहभागीता थियो ।
रूपन्देहीकाे सैनामैना नगरपालिकाबाट संयुक्त अरब इमिरेट्स (यूएई) मा बसोबास गरी विभिन्न रोजगारी, पेशा, व्यवसाय गर्ने युवाहरूको संगठित संस्था सैनामैना सेवा समाजले दुबई र नेपालमा आफना सामाजिक अभियानहरु, रचनात्मक कार्य संगसंगै मानवीय सेवामा समर्पित गर्दै अघि बढेको जनाएकाे छ ।
प्रतिक्रिया