४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद



भैरहवा ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय २५ ग्राम सुन बरामद भएको छ । मंगलबार दिउँसो विमानस्थलको आगमन टर्मिनल भवनको प्रवेशद्वार नजिकै महिला शौचालयबाट वेवारिसे अवस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी जर्नादन जिसीका अनुसार रियाज अहमद नाउको नाममा जारी भएको गोल्डेन स्टोन न्यू ज्वेलरीको दुई वटा २५ ग्राम र एक सय ग्रामको बिलसहित सुनजस्तो देखिने पहेलो रंगको धातुले बनेको दुई थान सिक्री बरामद भएको हो ।

बरामद सिक्री गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको उनले बताए । यसअघि भैरहव विमानस्थलमा कार्यरत प्रहरी नै सुनसहित पक्राउ परेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१ बुधबार ००:००  ६ : १७ बजे