काठमाडौं ।
आज बिहान तराईका केही भागमा हुस्सु लागेको भए पनि देशको अन्य भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। त्यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
आज राती पनि गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुने जनाइएको छ।







प्रतिक्रिया