११ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025

ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेता धरौटी बुझाएर छुटे



काठमाडौं ।

ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताहरू धरौटी बुझाएर रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि धरौटी बुझाएर पाँचै जना रिहा भएको प्रहरी वृत्त दरबारमार्गका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
अदालतले रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०र१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यो समूहले २४ माघको राति ड्यूटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो । जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्यूटीमा खटिएको क्विक रेस्पोन्स टिम ९क्यूआरटी० को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो ।

मध्यराति हो-हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो । तर, मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिदिएका थिए ।

आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई उनीहरुले हिर्काएका थिए । जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको भिडियोमा प्रष्ट देखिन्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१ सोमबार ००:००  ७ : ०३ बजे