१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

आज मगर एकता दिवस मनाइदैँ



काठमाडौं ।

देशैभरका मगर समुदायले बिहीबार ४३औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदैछन्। यो दिनलाई मगर दिवस पनि भनिन्छ।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ। पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र १६ गते तनहुँमा ‘नेपाल लाङ्घाली परिवार संघ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो। यही दिनको स्मरणमा फागुन १५ लाई संघको स्थापना दिवसका रूपमा मनाइन्छ।

२०४८ सालको चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार ४९८ छ। यो कुल जनसङ्ख्याको ६.९ प्रतिशत हो ।

यो अवसरमा विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१ बिहिबार ००:००  ७ : ४९ बजे