११ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025

अमेरिकाबाट डिपोर्ट भएका ८ जनालाई प्रहरीको जिम्मा लगाइयो



काठमाडौँ ।

बुधबार बिहान डिपोर्ट भएर चार्टर जहाजमा अमेरिकाबाट नेपाल ल्याइएका ८ जना र नियमित उडानबाट आएका एकसहित ९ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले थप सोधपुछका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

अध्यागमन कार्यालयले कागज गराएर डिपोर्ट भएका सबैलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको हो ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेयता अमेरिकाबाट जनवरी २० यता बुधबार ९ जनासहित ३६ जना नेपाली डिपोर्ट भएका हुन् ।

यसअघि २७ जना र बुधबार १ जना नियमित उडानबाट डिपोर्ट भएका हुन् । अरु ८ जना भने अमेरिकाले चार्टड फ्लाइटबाटै कागजविहीन ८ जनालाई नेपाल ल्याएर छाडिदिएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१ बुधबार ००:००  १२ : ३५ बजे