११ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025

स्रोत नखुलेको २९ लाखसहित जितपुरबाट ४ जना पक्राउ



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा स्रोत नखुलेको २८ लाख ९० हजारसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका ४ नम्बर जितपुरबाट श्रोत नखुलेको उक्त रकमसहित ४ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । फाल्गुण २२ गते बिहिबार जितपुरमा रहेको केसी फेन्सीको अन्डरग्राण्डमा रहेको कपडा गोदामबाट अर्घाखाँची सन्धीखर्क ५ का गोेबिन्द बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनको साथबाट १४ लाख ४० हजार, कपिलवस्तुको मायादेवी गाँउपालिका ८ का ३८ वर्षिय सोमनाथ कसौधनको साथबाट १४ लाख ५० हजार रुपैया बरामद गरेको हो । यसैगरी उनिहरुसंगै रहेका बुटवल उपमहानगरपालिका १६ निवासी ४१ वर्षिय बसन्त खरेल र कपिलवस्तु नगरपालिका ११ का ४२ वर्षिय शेषनारायण गिरीलाई नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अगाडी बढाएको छ ।

स्रोत नखुलेको भारतीय नोटको कारोबार हुदै छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी उक्त स्थानमा पुगेको थियो । बरामद गरिएको भारतीय र नेपाली रुपैयाआवश्‍यक अनुसन्धानको लागि आन्तरिक राजश्‍व कार्यालय रुपन्देहीमा पठाईएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१ शुक्रबार ००:००  १ : ५५ बजे