दाङ ।
दाङको सतबरियामा भएको मोटरसाइकल दुर्घटनामा गणेश चौधरीको ज्यान गएको छ । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते लमही नगरपालिका–८, सतबरियाका ३३ वर्षीय चौधरीको नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमहीबाट सतबरियातर्फ जाँदै गरेको रा १ प ६०३९ नम्बरको मोटरसाइकल लमही नगरपालिका–७, नयाँ बस्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनापछि माटरसाइकलमा रहेका ४२ वर्षीय सन्तबहादुर चौधरीलाई पक्राउ गरेको प्रहरी चौकी अमिलियाका प्रहरी प्रमुख भवानीप्रसाद धमलाले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया