११ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025

कानुनी सचेतना जगाउँदै बुद्धभूमिमा मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस



मायादेवी अनलाइन, बुद्धभूमि ।

‘सबै महिला तथा बालिकाका लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । दिवसका अवसरमा देशभर विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाले कार्यक्रम गरेका छन् ।

यसैबीच कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले पनि कानुनी सचेतना जगाउँदै अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।
बुद्धभूमि हनुमानचोकमा आयोजना गरिएको उक्त कार्यक्रममा महिलालाई कानुनी सचेतना बारे प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख केशव कुमार श्रेष्ठले दिवसको अवसरमा कार्यक्रम गरेर मात्र नहुने भन्दै महिलाको लागि बनेका कानुनको कार्यन्वयमा लाग्नु पर्ने बताए । नेपालको संबिधानलेनै महिलालाई विशेष प्रथामिकता दिएको भन्दै यसको कार्यन्वयन हुन नसकेको बताए । उनले भने, ‘अहिले राज्यका हरेक निकायमा महिलाको सहभागिता छ महिलाहरु स्वयमपनि सक्षम भएर नेतृत्वमा आउनुपर्छ ।’
कुनै कोठामा मात्र कार्यक्रम सीमित नगरी दिवसलाई सामाजिक तवरले मनाउन सकिने बताए ।
यसतै वडा नम्बर ३ का वडा अध्यक्ष विकास आचार्यले अव अधिकारीको लागि लड्नुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘अब अधिकारको लागि लड्नु पर्दैन, महिलाको लागि धेरै कानुन बनेको छ त्यसको कार्यान्वयन तर्फ लागाौँ । अधिकार र कर्तब्यलाई आत्मसाथ गरेर अगाडी बढ्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य कमला चौधरीले स्वागत मन्तब्य राख्दै महिला सशक्तीकरणका लागि स्वयम पनि जागरुक हुनुपर्ने धारणा राखिन् ।
कार्यक्रममा कपिलवस्तु जिल्ला अदालतकी कानुन अधिकृत सरिता न्यौपानेले नेपालमा महिलाको अवस्था, महिला सम्बन्धी बनेको कानुन तथा ऐन लगाएतको बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रमको संचालन सहायक महिला विकास निरिक्षक अन्जुली पन्थीले गरेकी थिइन् ।


कार्यक्रम अघि समुहले महिला अधिकार सहितका प्लेकार्डसहित नारा लगाएका थिए । उनिहरुले महिला हिंशा अन्य गर, बलात्कारीलाई फासी दे, बालविवाह अन्त्य गर लगाएका नारा सहितका प्लेकार्ड बोकेर जोतपुर देखि हनुमान चोकसम्म प्रर्दशन गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१ शनिबार ००:००  ३ : ०४ बजे