बाबुराम रायमाझी, भलवाड ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) वडा कमिटी वाणगंगा–९ को आयोजनामा दोस्रो विस्तारित बैठक भलवाडमा सम्पन्न भएको छ। बैठकले पार्टीको तीन महिने वडा केन्द्रित जरा अभियानलाई तीव्रता दिँदै संगठन सुदृढीकरण, सदस्यता विस्तार र स्थानीय तहमा पार्टीको प्रभावकारिता बढाउने विषयमा छलफल गरेको छ।
वडा कमिटी अध्यक्ष तिलकराम पौडेलका अनुसार बैठकमा जरा अभियानलाई सफल बनाउन वडा स्तरीय कार्ययोजना तय गरिएको छ। पार्टी संगठनलाई अझै मजबुत बनाउन प्रत्येक सदस्यलाई विशेष जिम्मेवारी बाँडफाँड गरिएको छ। यस अभियानले स्थानीय तहमा पार्टीको उपस्थिति प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै प्रदेश कमिटी सचिवालय सदस्य जंजिर प्रसाद चौधरीले वडा तहसम्म संगठन सशक्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य एवं वडा न.९ भलवाडका इन्चार्ज नेत्रज्योति गिरि, क्षेत्रीय समन्वय कमिटी सदस्य धुर्ब बेल्बासे, जिल्ला कमिटीका पूर्व सदस्य तथा वडा अध्यक्ष कमल पौडेल लगायतले पार्टीको जरा अभियानलाई सफल बनाउन आवश्यक रणनीति र समन्वयको महत्त्वबारे प्रकाश पारेका थिए ।बैठकले हालै सम्पन्न प्रेस चौतारी नेपालको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनु भएका बाणगंगा नगर कमिटी सदस्य बाबुराम रायमाझीलाई बधाई तथा शुभकामना दिइएको थियो ।
वडा कमिटी अध्यक्ष तिलकराम पौडेलको अध्यक्षता, प्रदेश कमिटी सचिवालय सदस्य जंजिर प्रसाद चौधरीको प्रमुख आतिथ्यता, उपाध्यक्ष फुल कुमारी गुरुङको स्वागत मन्तव्य र सचिव चुरामणि आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।वाणगंगा–९ मा पार्टीको संगठनलाई बलियो बनाउने उद्देश्यले जरा अभियानलाई अझ प्रभावकारी बनाउने निष्कर्षसहित बैठक समापन भएको थियो ।
प्रतिक्रिया