४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

जुलुसमा विदेशीको तस्वीर राख्नुपर्ने दयनीय अवस्थामा छैनौँः प्रम ओली



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लक्षित गर्दै जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा आफूहरु नरहेको टिप्पणी गरेका छन्।

सोमवार गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा स्वागतका लागि जम्मा भएका राजावादी समर्थकहरुले आफ्नो प्रदर्शनमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरेका थिए।

उनले असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धतिविरोधी र प्रणाली विरोधी कुरामा लाग्न आफूहरुलाई फुर्सद नभएको समेत बताए। उनले दरबार हत्यकाण्ड अझै सम्झिरहेको उल्लेख गर्दै वीभत्सतामा आएका संस्थाका सर्मथकहरुका क्रियाकलाप यस्तै हुने बताए।

प्रधानमन्त्री ओलीले भने,‘हामी एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको फोटो राखेर जुलुस निकाल्नुपर्ने दयनीय हालतमा छैनौँ। हामी आफैंसँग विचार छ, आफैँसँग नेता छन्। हामी यसको दृष्टान्त दिनसक्छौँ।ु

आफूहरु देश बनाउने आफ्नै अभियानमा रहेको उनको भनाइ छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१ सोमबार ००:००  ४ : ४३ बजे