मायादेवी अनलाइन, बाणगङ्गा ।
कपिलवस्तुको सिद्धार्थ क्याम्पस बुङची कपिलवस्तुमा बामपंथी बीच चुनावी तालमेल भएको छ ।
आउँदो चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा बामपंथी गठबन्धन बीच चुनावी तालमेल भएको हो ।
मंगलबार एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी), एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा निकट अखिल (समाजवादी) बीच चुनावी तालमेल हुँदै संयुक्त उम्मेदवारी दर्ता भएको छ ।
अखिल संयुक्त प्यानलबाट सभापतिमा पशुपति गिरी, सचिवमा अर्चना आचार्य, कोषाध्यक्षमा प्रतीक्षा नेपाली उम्मेदवार बनेकी छिन् । ७ जना सदस्यमा पुष्कर मरासिनी, दीपा थारु, पशुपति यादव, आशा खत्री, प्रमीला थारु, सीता पाण्डे र नवीन आचार्य उम्मेदवार बनेका छन् ।
यता नेबिसङ्घले सभापतिमा मनोज न्यौपानेलाई उम्मेदवार बनाएको छ । सचीवमा अरुण थारु र कोषाध्यक्षमा अनु चौधरी उम्मेदवार बनेकी छिन् ।
प्रतिक्रिया