७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

समाजवादी मोर्चाको बैठक बस्दै



काठमाडौं ।

समाजवादी मोर्चाको बैठक आज बस्दैछ।

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने मोर्चाको कार्यदल सदस्य गङ्गानारायण श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार १५ गते काठमाडौँमा हुन लागे विरोध सभाको तयारीका लागि बैठक बस्न लागेको हो। यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित भएको उनले जानकारी दिए।

मोर्चाले भोलि बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया राखिएको छ। फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन काठमाडौँमा विरोधसभा राखिएको जनाएको थियो।

गत फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि ठुलो संख्यामा मानिसहरू जम्मा भएपछि व्यवस्थामाथिको चुनौतीको रूपमा मोर्चाले विश्लेषण गरेको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१ शुक्रबार ००:००  ७ : ४८ बजे