८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

रुपन्देहीको लिलाधर जनता कलेजमा नेविसंघ विजयी



तिनाउ ।

रुपन्देहीको सियारी ४ छपियामा रहेको लिलाधर घिमिरे जनता कलेजमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको हो।

दुई सय ३१ कुल मतदाता रहेको कलेजमा दुई सय १६ मत खसेको थियो। जस अन्तरगत नेविसंघले एक सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत कमला भण्डारीले जानकारी दिनुभयो।

भण्डारीका अनुसार नेविसंघका आशिस जयसवालले एक सय १७ मत सहित सभापतिमा निर्वाचित हुनु भएको छ। त्यसैगरी सचिवमा विष्णुप्रसाद केवटले एक सय २२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने कोषाध्यक्षमा एक सय २५ मतसहित रिना यादव विजयी हुनुभएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो।

त्यसैगरी सदस्यमा रविन्द्र कोहार, सुरज यादव, गीता धोबी, सविता थारु र ओमप्रकाश नाउँ विजयी हुनुभएको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववीयु० बाट सभापतिको उम्मेदवार बन्नु भएका जगदिश यादवले ९६, सचिवका उम्मेदवार पुष्पा यादवले ८८ र कोषाध्यक्षका उम्मेदवार सन्तोष कुम्हालले ८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो।

उहाँले दुई सय १६ मत खसेकोमा दुई वटा मत बदर भएको जानकारी दिनुभयो। रुपन्देहीमा भएका क्याम्पसमा भएको निर्वाचन मध्ये लिलाधर घिमिरे छपिया जनता कलेजले सबैभन्दा पहिला नतिजा सार्वजनिक गरेको हो।

प्रकाशित मिति : ४ चैत्र २०८१ मंगलबार ००:००  ७ : ०६ बजे