४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

त्रिविका ११ आंगिकसहित ९१ क्याम्पसमा अनेरास्ववियुका सभापति निर्वाचित (सूचीसहित)



काठमाडौं । यस वर्षको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा निर्विरोधदेखि निर्वाचितसम्मको संख्यामा एमाले निकट अनेरास्ववियुले आफ्नो अग्रता कायमै राखेको छ ।

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये हालसम्म ११ वटामा स्ववियु सभापति जितेकाे अनेरास्ववियुले यसअघि जितेका महाराजगञ्ज मेडिसिन, नर्सिङ र जनप्रशासन क्याम्पस गुमाएको छ ।

यसअघि पराजित भएको वन विज्ञान, नेपालगञ्ज नर्सिङलगायतका क्याम्पसमा कमब्याक गर्दा अखिलले जित्ने गरेका ठूला क्याम्पस आरआर, नेपाल ल, अमृत साइन्स, पृथ्वीनारायण पोखरा, बुटवल बहुमुखीलगायतको चुनाव स्थगित छ ।

२०७९ को स्ववियु निर्वाचनमा १९ आंगिक क्याम्पसमा सभापति जितेको अनेरास्ववियुले मंगलबार निर्वाचन भएकामध्ये हालसम्म ११ वटामा सभापति जितेको छ । दिउँसो २ बजेसम्म नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अखिलको प्यानलले जितेको छ।

अनेरास्ववियुले आंगिकतर्फ महेन्द्ररत्न इलाम, धनकुटा बहुमुखी, गौरदह कृषि, महेन्द्र रत्न ताहाचल, नेपाल कमर्स क्याम्पस, वन विज्ञान पोखरा, नर्सिङ पोखरा, महेन्द्र बहुमुखी नेपालगञ्ज, नेपालगञ्ज नर्सिङमा सभापति जितेको छ । त्यस्तै ललितकला क्याम्पस काठमाडौं र मकवानपुर बहुमुखीको सभापति अखिलले जितेको छ ।

अनेरास्ववियुले जितेका क्याम्पस र सभापति यस प्रकार छन्-

प्रकाशित मिति : ६ चैत्र २०८१ बिहिबार ००:००  ७ : ३८ बजे