१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

भोलिदेखि मौसममा सुधार आउने



काठमाण्डौ ।

अहिले देशका धेरैजसो पहाडी भू–भागमा मेघगर्जनसहित सामान्य पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दैलेखमा सबैभन्दा धेरै १५ मिलिमिटर वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । पश्चिमी भू–भागको तुलनामा पूर्वि पहाडी भू–भागमा कम वर्षा भएको छ ।

काठमाण्डौ उपत्यकाका उत्तरी भू–भागहरु सुन्दरीजल, साँखु लगायतका ठाउँमा अहिले हल्का वर्षा भएको मौसमविद् अर्यालले बताउनुभयो । आज राति देशभर समान्य बदली भइ केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि कोशी, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गरेको र भोलिदेखि मौसममा सुधार आउने मौसमविद् अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ चैत्र २०८१ शनिबार ००:००  ६ : १६ बजे