६ असार २०८३, शनिबार | Sat Jun 20 2026

प्रेस चौतारीको १०‍औँ महाधिवेशन विराटनगरमा सुरु हुँदै



काठमाडौं ।

एमालेनिटक प्रेस चौतारी नेपालको १०औँ महाधिवेशन आजदेखि विरानगरमा सुरु हुँदै छ।

‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ।

पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिए। महाधिवेशनले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन गर्नेछ।

महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव लामाले जानकारी दिनुभयो महाधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले बिहान ११ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको लामाको भनाइ छ।

प्रेस चौतारी नेपालले सर्वसम्मत रूपमा नेतृत्व चयनको तयारी गरिरहेको छ।

महाधिवेशनमा हालसम्म अध्यक्ष पदमा दुई जनाले दाबेदारी प्रस्तुत गरेका छन्। उपाध्यक्षद्वय गणेश पाण्डे र राजेश राई अध्यक्षका दाबेदार हुन्।

पाण्डेलाई यसअघि एमालेले प्रचार विभाग सचिव बनाएको थियो। तर, महाधिवेशनको मुखैमा उनले उक्त पदबाट राजीनामा दिएर अध्यक्षको दौडमा होमिएका हुन्।

प्रकाशित मिति : ९ चैत्र २०८१ आइतबार ००:००  ८ : १२ बजे