१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाण्डौ ।

पश्चिमी वायु सक्रिय भएका कारण केही दिनदेखि देशका धेरै ठाउँमा वर्षा भएकोमा आजदेखि मौसममा क्रमिक सुधार भएको छ । हिजोसम्म देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षा भएको थियो ।

मधेस प्रदेशको केही ठाउँमा पनि वर्षा भएको छ । पश्चिमबाट मौसममा क्रमिक सुधार हुँदै आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज धेरै ठाउँको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव कायमै रहेकाले कोशी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा भने हल्का हिमपात र मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १० चैत्र २०८१ सोमबार ००:००  ८ : ०७ बजे