१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

ट्याङ्करको ठक्करबाट दुई बालकको ज्यान गएपछि बाँकेको बेतहनी आजपनि तनावग्रस्त



काठमाण्डौ ।

पानी बोक्ने ट्याङ्करको ठक्करबाट दुई जना बालकको ज्यान गएपछि बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी तनावग्रस्त बनेको छ । हिजो दिउँसो ट्याङ्करको ठक्करबाट ८ र ९ वर्षका दुई दाजुभाइको ज्यान गएपछि स्थानीयबासिन्दा प्रदर्शनमा उत्रिएका छन् ।

स्थानीय बासिन्दाले ट्याङ्करमा आगजनी गरिदिएका छन् । प्रदर्शनमा उत्रिएका स्थानीयबासिन्दा र प्रहरीबीच झडप भएको छ । स्थानीयबासिन्दाले चालकलाई कारबाहीको माग गरेका छन् । प्रहरीले दर्जनौं सेल अश्रुग्यास र हवाइफायरसमेत गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१ सोमबार ००:००  ८ : ०९ बजे