३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं ।

पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम मुख्यतया सफा छ।

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१ मंगलबार ००:००  ६ : ४० बजे